बैतडी । मेलौली नगरपालिका-०५ खलिगाडमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ। वडा कार्यालयको सहयोगमा असाहय, जेष्ठ, गरिव र विपन्न ४० जनालाई कम्बल वितरण गरिएको वडा सदस्य प्रेम बहादुर चन्दले बताए।
चिसोको समयलाई मध्यनजर गर्दै गत बर्ष पनि वितरण गरेको वडाले यो बर्ष पनि न्यानो कम्बल वितरण गरेको हो। वडाका सबै विपन्नलाई समेटिने गरी आफ्नो कार्यकाल भरी कम्बल वितरण गर्ने वडा अध्यक्ष भरत पुजाराले बताए।
जाडोको समयमा वितरण गरिएका न्यानो कम्बलले केहि हदसम्म भएपनि राहात हुने वडा सदस्य चन्दले बताए। गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा वडाले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेको छन।
कम्वल वितरण कार्यक्रममा कार्यबहाक वडा अध्यक्ष गोरख सिह साउद, वडा सचिव लोकराज भट्ट, अन्य वडा सदस्यहरु, वडाका कर्मचारीहरु सहभागि भएका थिए। चिसोको समयमा वडाको तर्फबाट कम्वल पाउदा आफुहरु ज्यादै खुसि भएको नागरीकहरुको भनाई रहेको छ।