बैतडी । मेलौलीमा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबारबाट जारी छ। मेलौली भगवती मन्दिरको प्राङ्गणमा प्रतियोगिताको सञ्चालन भईरहेको छ।
प्रतियोगिताको दोस्रो दिनको नतिजा अनुसार मणिलेक माबि अग्र स्थानमा देखिएको छ। मणिलेक माबिले हालसम्म ७ स्वर्णका साथ अग्र स्थान कायम गरेको छ। यसैगरी बिशालपुर माबिले ५ स्वर्ण, कमलपुर माबिले २ स्वर्ण, भरतपुर माबिले १ स्वर्ण, धर्मघर माबिले १ स्वर्ण प्राप्त गरेको प्रदेश रेफ्रि किशोर सिह नेगीले बताए।
प्रतियोगितामा नगरपालिकाभरीका १२ माध्यमिक विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन रहने नगर खेलकुद बिकास समिति अध्यक्ष शंकर भण्डारी (सागर)ले बताए।