बैतडी । मेलौलीमा टिप्पर दुर्घटना भएको छ। मेलौलीबाट पाटन तर्फ गईरहेको टिप्पर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
सुप्रप ०१००१ क २३९४ नम्बरको टिप्पर लामालेक हतरंगा जाने सडकको जिरो पाइन्ट नजिक दुर्घंटनामा परेको हो। टिप्पर सडकबाट १०-१२ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए।
दुर्घटनामा परी टिप्पर चालक मेलौली १ का २४ बर्षीया गम्भीर टमटा घाईते भएका छन। सहचालक मेलौली १ कै १९ बर्षीय रोहित दयालको अवस्था गम्भीर रहेको छ। घाईतेहरुको उद्धार भईरहेको जनाईएको छ।
दुर्घटना हुने टिप्पर अखिल निर्माण सेवा कम्पनीको रहेको बुझिएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।