बैतडी । मेलौलीमा टिप्पर दुर्घटना हुदा च्यापिएका सहचालकको उद्धार हुदै छ। (आज) बिहान मेलौलीबाट पाटन तर्फ गईरहेको सुप्र प ०१००१ क २३९४ नम्बरको टिप्पर लामालेक हतरंगा जाने सडकको जिरो पाइन्ट नजिक दुर्घंटनामा परेको थियो।
दुर्घटनामा परी मेलौली १ का टिप्पर सहचालक १९ बर्षीय रोहित दयाल टिप्परमुनी च्यापिएका छन। च्यापिएका रोहितको जेसिबी मार्फत उद्धार भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए। यद्यपि टिप्परमुनी च्यापिएका सहचालकको मृत्यु भईसकेको छ। मृत्युबारे आधिकारीक पुष्टि हुन बाकि रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जोशीले बताए।
दुर्घटनामा परी टिप्पर चालक मेलौली १ का २४ बर्षीया गम्भीर टमटा सामान्य घाईते भएका छन। चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
टिप्पर सडकबाट १०/१२ मिटर तल खसेको छ। दुर्घटना हुने कारण खुलेको छैन। दुर्घटना हुने टिप्पर अखिल निर्माण सेवा कम्पनीको रहेको बुझिएको छ।