बैतडी । पञ्चेश्वरमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ। जवलपुर माबि सैलोडाको प्राङ्गणमा प्रतियोगिताको उद्घाटन गरि प्रतियोगिता सञ्चालन भएको हो।
गाँउपालिका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षता र मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको छ। पानसमा दियो बालेर प्रतियोगितको उद्घाटन गरिएको छ।
तस्वीर : लक्ष्मण विसी \ललित बोहरा















