बैतडी । मेलौलीमा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबारबाट जारी छ। मेलौली भगवती मन्दिरको प्राङ्गणमा प्रतियोगिताको सञ्चालन भईरहेको छ।
प्रतियोगिताको तेस्रो दिनको नतिजा अनुसार मणिलेक माबि अग्र स्थानमा देखिएको छ। मणिलेक माबिले हालसम्म १६ स्वर्ण, ७ रजत र २ कास्य पदकका साथ अग्र स्थान कायम गरेको छ।
यसैगरी बिशालपुर माबिले हालसम्म ५ स्वर्ण, ८ रजत र ६ कास्य पदक सहित दोस्रो स्थान कायम गरेको छ। कमलपुर माबिले २ स्वर्ण, २ रजत र ४ कास्य पदक सहित तेस्रो स्थानका कायम गरेको छ।
भोली अन्तिम दिन हाईजम्प छात्र भलिबलको खेल हुने नगर खेलकुद बिकास समिति अध्यक्ष शंकर भण्डारी (सागर)ले जानकारी दिए।
