बैतडीमा यु-१६ क्रिकेट हुँदै

बैतडी । सहिद दिवसको उपलक्ष्यमा बैतडीमा सोह्र वर्षमुनिको पुरूष क्रिकेट प्रतियोगिता हुने भएको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियोगिता यहि माघ ९ गतेदेखि सुरु हुनेछ।

दशरथचन्द खेलमैदान सुन्दरखालीमा माघ ९ गते उद्घाटन खेलमा दशरथचन्द एकेडेमी र त्रिपुरा क्रिकेट क्लब भिड्ने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो।

प्रतियोगिताको फाइनल खेल माघ १४ गते हुनेछ। उमेर समूहको यो प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

No description available.

Leave A Reply

Your email address will not be published.