धर्मघर माविको ७४ औँ बार्षिकोत्सव कार्यक्रम उद्घाटन

बैतडी । मेलौली नगरपालिका-०२ स्थित धर्मघर माध्यमिक बिद्यालयले आज ७४ औँ बार्षिकोत्सव कार्यक्रम मनाउदै छ। बिद्यालयको प्राङ्गणमा कार्यक्रमको उद्घाटन गरिएको छ।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष ईश्वरी भट्टको अध्यक्षता र मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको बिद्यालयले जनाएको छ। कार्यक्रममा मेलौली नगरपालिका नगर उप–प्रमुख पार्वती बोहरा बिष्ट, मेलौली नगरपालिका वडा न ३, वडा न ९ र वडा न २ का वडा अध्यक्ष बिशिष्ट अतिथि रहनु भएको छ।

कार्यक्रममा लोक तथा देउडा गायक महेश कुमार औजी, शेरी औजी, जनक महरा र कुमाउनी गायक नारायण सोराडी लगायत कलाहरुको प्रस्तुती रहने जनाईएको छ। कार्यक्रमलाई सामुदायिक रेडियो मेलौलीबाट प्रत्यक्ष प्रशारण समेत गरिएको छ।

Leave A Reply

Your email address will not be published.