कुलाउ माविले उचाल्यो पञ्चेश्वरको राष्ट्रपति रनिङ्ग शिल्ड उपाधि

बैतडी । पञ्चेश्वर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि कुलाउ माविले हात पारेको छ। जवलपुर माबि सैलोडाको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगिताको उपाधि कुलाउ मावि कुलाउले हात पारेको छ।

कुलाउ मावि कुलाउले ६ स्वर्ण, ३ रजत र ४ कास्य पदकका साथ पहिलो स्थान हासिल गरेको पञ्चेश्वर गाउँपालिकाले जानकारी दिएको छ। यसैगरी प्रतियोगिताको उप-बिजेता सोमेश्वर मावि मड् भएको छ। ५ स्वर्ण, ६ रजत र ५ कास्य पदक सहित सोमेश्वर मावि मड् प्रतियोगिताको द्धित्तीय भएको गाउँपालिकाले जनाएको छ।

प्रतियोगिताको तृतीय भने जवलपुर मावि सैलोडा भएको छ। ४ स्वर्ण, ४ रजत र ६ कास्य पदकका साथ जवलपुर मावि सैलोडोले तृतीय स्थानमा चित्त बुझाएको छ। गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पालिकाभरीका ९ माध्यमिक बिद्यालयको सहभागिता रहेको थियो।

No description available.

Leave A Reply

Your email address will not be published.