धर्मघर मावि सलेनाको ७४ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी । मेलौली नगरपालिका-०२ स्थित धर्मघर माध्यमिक बिद्यालयले ७४ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष ईश्वरी भट्टको अध्यक्षता र मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको छ।

कार्यक्रममा मेलौली नगरपालिका नगर उप–प्रमुख पार्वती बोहरा बिष्ट, मेलौली नगरपालिका वडा न ३, वडा न ९ र वडा न २ का वडा अध्यक्ष बिशिष्ट अतिथि रहनु भएको छ। बार्षिकोत्सव कार्यक्रममा बिद्यालयले बर्षभरीमा गरेका बिभिन्न कार्यको बारेमा जानकारी गरिएको थियो। बिद्यालयका प्रधानाध्यापकले बार्षिक प्रतिबेदन समेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले सास्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए। यसैगरी लोक तथा देउडा गायक महेश कुमार औजी, शेरी औजी, जनक महरा र कुमाउनी गायक नारायण सोराडी लगायत कलाहरुले पनि प्रस्तुती राखेका थिए।

कार्यक्रमलाई सामुदायिक रेडियो मेलौलीबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो।

Leave A Reply

Your email address will not be published.