गायक औजीको स्वरमा “काजलु” बजारमा

बैतडी । पछिल्लो पुस्ताले अत्याधिक मात्रामा रुचाएका गायक शेरी औजीको स्वरमा नयाँ गित “काजलु” बाजारमा आएको छ। एसपि देउडा पिक्चर युटुब च्यानलबाट गित भिडियो सहित सार्वजनीक भएको छ।

गितमा गायक औजीसगै सञ्चीता नेपालिले स्वर रहेको छ। भानुभक्त जोशीको लय, गायक औजी र थापा कमल बिवेकको सगित रहेको गित आरकेबि म्यूजीक रेकर्डिङ स्टुडीयामा रेर्कड गरिएको हो। गितलाई केशब बडुले एरेन्ज गरेको गायक औजीले बताए।

गितको भिडियोमा नरेश कुमार एम र झरना बोहराले अभिनय गरेका छन। बिनोद भण्डारी र शुरज थापाले खिचेको भिडियोलाई थापा कमल बिवेकले निर्देशन गरेका हुन।

गितलाई माया गरिदिन र आवश्यक सल्लाह सुझाव दिन गायक औजीले आग्रह गरेका छन।

Leave A Reply

Your email address will not be published.