मैयादेवी यु-१९ महिला राष्ट्रिय क्रिकेट: सुदूरपश्चिमको टोली घोषणा

बैतडी । मैयादेवी मेमोरियल उन्नाईस वर्षमुनिको महिला टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको टोली घोषणा गरिएको छ। स्नेहा महराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिनुभयो।

टोलीका अन्य सदस्यहरूमा जानकी थापा,करिस्मा थापा,अनु कडायत,सावित्री धामी,चेतना कुँवर,रविना साउँद र मनिशा बोहरा रहेका छन्। यस्तै निलम पाण्डे, गंगा खड्का,सविना नेगी,हिलिसा खड्का,निशा खडायत र कमला महरा पनि अन्तिम १४ मा अटाएका छन्।

यसका साथै सविना दौल्याल,रविना धामी, रेजिना कुँवर र कमला चन्द वैकल्पिक खेलाडीका रूपमा छानिएका छन्। बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनौटमा परेका हुन्। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा मैयादेवी श्रेष्ठको स्मृतिमा उन्नाइस वर्षमुनिको राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता माघ १२ गतेदेखि हुदैछ।

चितवनको गौतम बुद्ध क्रिकेट रंगशालामा हुने प्रतियोगितामा सुदूरपश्चिमले उद्घाटन खेलमा गण्डकी प्रदेशको सामना गर्नेछ। नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानवीरंगना स्वं श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा देशका ७ वटै प्रदेशका टोलीको सहभागीता रहने जनाएको छ।

सन् २०२४ मा युएईमा हुन गईरहेको एसिया कप छनोट र सन २०२५ मा मलेसिया र थाइल्यान्डमा हुने विश्वकप लाई समेत मध्यनजर गर्दै खेलाडीको प्रतिभा मूल्याङ्कनमा समेत यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने नेपाल क्रिकेट संघले विश्वास लिएको छ।

Leave A Reply

Your email address will not be published.