बैतडी । पञ्चेश्वर गाउँपालिका-०२ बास्कु स्थित देवथला माध्यामिक बिद्यालयको ६६ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर चन्दको अध्यक्षता र नेकमा माओवादी केन्द्रका जिल्ला कमिटी सचीव रमेश बहादुर चन्दको प्रमुख अतिथ्यका कार्यक्रम सम्पन्न भएको बिद्यालयले जनाएको छ।
कार्यक्रममा विशिष्ट अतिथी वडा नम्बर २ का वडा अध्यक्ष वीर बहादुर चन्द, वडा न. १ का अध्यक्ष दिवानराम शार्की, वडा न ३ का अध्यक्ष मीन बहादुर चन्द, नवप्रभात सयुक्त क्याम्पसका क्याम्पस प्रमुख मोति सिंह मङ्गोला, स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी लगायत स्थानीयहरुको बाक्लो सहभागीता रहेको थियो।
विद्यालयका प्रधानाध्यापक शुक्र बहादुर चन्दले बिद्यालयको बर्षभरी गरेका कामको बारेमा जानकारी एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। बार्षिकोत्सका अवशरमा ३८ वर्षदेखि सोहि स्कुलमा अध्यापन गर्नु भएकी सेवा निर्बित्त शिक्षिका हरुदय लुहारको सम्मानका साथ विदाइ गरिएको छ।
बार्षित्सवका कार्यक्रममा बिद्यार्थीहरुले संस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए। कार्यक्रमलाई सोहि बिद्यालयका शिक्षक कोमल सिह भण्डारीले सञ्चालन गरेको थिए। यसैगरी कार्यक्रमलाई सामुदायिक रेडियो मेलौलीबाट दिनभरी प्रत्यक्ष प्रशारण समेत गरिएको थियो।