राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट तीनै जना उम्मेदवार निर्वाचित भएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पछि पार्दै गठवन्धनका उम्मेदवार निर्वाचित भएका हुन्।
गठबन्धनका तर्फबाट महिला तर्फ माओवादीकी रेनु चन्द ४ हजार ४ सय ५३ मत पाएर विजयी भएकी छन्। अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्टले ४ हजार ४ सय १९ मत पाएका छन्। त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा ४ हजार ३ सय ४७ मतका साथ विजयी भएका हुन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फ बाट अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार रहेका थिए।