बैतडीकी रेणु चन्द राष्ट्रिय सभा सदस्यमा निर्वाचित

बैतडीकी रेणु चन्द राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छिन्। आज भएको राष्ट्रिय सभाको चुनावमा उनि ४ हजार ४५३ मत प्राप्त गरेर निर्वाचित भएकी हुन्।

वि।सं।२०५२ सालमा तत्कालिन नेकपा माओवादीमा प्रवेश गरेकी चन्द वि।सं। २०५७ सालदेखि सशस्त्र बिद्रोहमा सकृय हुनुहुन्थ्यो। वि।सं। २०६४ सालको संविधानसभा निर्वाचनमा बैतडी क्षेत्र नम्वर २ मा एकीकृत नेकपा माओवादीका तर्फबाट चुनाव लडेकी रेणु चन्द २० हजार २१ मत ल्याई निर्वाचित हुनुभएको थियो।

उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका विनयध्वज चन्दले ६ हजार ३ सय ६६ र तेश्रो स्थानमा रहेका नेकपा ९एमाले०का माया भट्टले ५ हजार ६ सय ४६ प्राप्त गर्नु भएको थियो। संविधानसभा निर्वाचन, २०६४ मा महाकाली अञ्चलबाट प्रत्यक्ष तर्फ निर्वाचन लड्ने उहाँ एकीकृत नेकपा ९माओवादी०को एक मात्र महिला उम्मेदवार हुनुहुन्थ्यो। राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी चन्द अहिले नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीको सुदूरपश्चिम इञ्चार्ज समेत रहेकी छन्।

Leave A Reply

Your email address will not be published.