बैतडी । डडेल्धुराको भित्री मधेश परशुराम र आलितालका उद्योगी व्यवसायी सदस्यहरुको छाता संगठन उद्योग वाणिज्य संघ जोगबुडाको नयाँ नेतृत्व अन्तरगत अध्यक्ष पदमा निवर्तमान अध्यक्ष जनक वहादुर वोहरा र हरि जोशी चुनावी मैदानमा उत्रिएका छन।
बरिष्ठ उपाध्यक्षमा मान वहादुर भाट, उपाध्यक्षहरु राज वहादुर वोहरा, रुपसिह वोहरा, पदम वहादुर खडायत, महासचिवमा हिक्मत वहादुर साउद, कोषाध्यक्षमा पशुपति देवि कुवर, सचिवहरु थानेश्वर प्रशाद भट्ट, तोया सुनार, हर्क धामी, डम्वर सिह दमाइ सदस्यहरुमा भिम वहादुर स्नेहि, शेर वहादुर दसरथनाथ र वीर वहादुर साउद सर्वसम्वत निर्वाचित हुनु भएको निर्वाचन समिति संयोजक रामचन्द्र खड्काले जानकारी दिनु भएको छ।
उहाका अनुसार निर्वाचन यहि माघ १३ गते हुने भएको हो। माघ ६ गते ५ चौ चुनावि अधिवेशन उदघाटन भइ अध्यक्ष पदमा सहमति नजुटे पछि निर्वाचन प्रकृया अगाडि बढेको हो।