बैतडी– बैतडीको शिवनाथ गाउँपालिका वडा न -५ मा दोस्रो वडा स्तरीय रनिङ सिल्ड खेलकुद प्रतियोगिता शुुक्रबार बाट सुरु भएको छ ।शिवपुर्ण आधारभूत विद्यालय लामाखालीको खेल मैदानमा चलेको प्रतियोगितामा एथलेटिक्स, लङजम्प, हाईजम्प दौड,म्युजिकल चेयर,चम्पा गुच्चादौड सटफुट लगायतका खेलहरु हुनेछन ।
उद्घाटन कार्यक्रममा शिवनाथ गाउँपालिका वडा न ५ का वडा अध्यक्ष केशव बहादुर चन्दको अध्यक्षता र नागार्जुन माद्यमिक विद्यालय शर्मालीका प्रधानाध्यापक महामल सिंह साउँदको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह महताको विशिष्ट आथित्यता रहको थियो।
कार्यक्रममा शिवनाथ गाउँपालिका वडा न. २ का वडा अध्यक्ष सुरेन्द्र सिंह साउँद वडा न ३ का वडा अध्यक्ष केशव दत्त कलौनी वडा न. ५ का निवर्तमान वडा अध्यक्ष महेन्द्र बहादुर चन्द लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक,शिक्षकहरुको उपस्थिति रहको वडा अध्यक्ष केशव बहादुर चन्दले बताए ।