बैतडी । उद्योग वाणिज्य संघ जोगबुडाको पाचौं चुनाबी अधिवेशनबाट हरि प्रशाद जोशी विजयी भएका छन। शनिबार भएको पाचौं चुनाबी अधिवेशनबाट १३६ मतका साथ जोशी विजयी भएका हुन।
जोशीका निकटतम प्रतिस्पर्धि जनक वहादुर बोहराले ५५ मत प्राप्त गरेका छन। अन्य सम्पुर्ण पदमा सर्वसम्मत पदाधिकारी चयन भएका छन। बरिष्ठ उपाध्यक्षमा मान वहादुर भाट, उपाध्यक्षहरु राज वहादुर वोहरा, रुपसिह वोहरा, पदम वहादुर खडायत, महासचिवमा हिक्मत वहादुर साउद, कोषाध्यक्षमा पशुपति देवि कुवर, सचिवहरु थानेश्वर प्रशाद भट्ट, तोया सुनार, हर्क धामी, डम्वर सिह दमाइ सदस्यहरुमा भिम वहादुर स्नेहि, शेर वहादुर दसरथनाथ र वीर वहादुर साउद सर्वसम्वत निर्वाचित हुनु भएको निर्वाचन समिति संयोजक रामचन्द्र खड्काले जानकारी दिनु भएको छ।
माघ ६ गते ५ चौँ चुनावि अधिवेशन उदघाटन भइ अध्यक्ष पदमा सहमति नजुटे पछि निर्वाचन प्रकृया अगाडि बढेको हो। आलिताल र परशुरामका गरि करिव ५ सय बढि सदस्य व्यापारी आबद्ध रहेकोमा २ सय ५९ जनाको सदस्यता नविकरण भइ मतदान योग्य रहेका थिए।
डडेल्धुराको भित्री मधेश परशुराम र आलितालका उद्योगी व्यवसायी सदस्यहरुको छाता संगठन उद्योग वाणिज्य संघ जोगबुडाको नयाँ नेतृत्व चयन भएको हो।