मैयादेवी यु-१९ महिला राष्ट्रिय क्रिकेट: सुदूरपश्चिमले मधेसलाई हरायो

बैतडी । मैयादेवी मेमोरियल उन्नाईस वर्षमुनिको महिला टि(२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले मधेस प्रदेशलाई ६ विकेटले हराएको छ। मधेसले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले १७।४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। जसमा सावित्री धामीले अविजित ४३ र निलम पाण्डेले २२ रनको योगदान गरिन्। मधेसका लागि मिना महतोले २ र प्रतिमा शाहले १ विकेट हात पारिन्।

यसअघि चितवनको गौतम बुद्ध क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०२ रन बनायो। उसका साना प्रविनले सर्वाधिक ३४ रन बनाइन्। सुदूरपश्चिमका लागि अनु कडायतले २,करिश्मा थापा र स्नेहा महराले १र१ विकेट लिए। सुदूरपश्चिमकी सावित्री धामी प्लेयर अफ द म्याच घोषित भइन्।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा मैयादेवी श्रेष्ठको स्मृतिमा प्रतियोगिता माघ १२ गतेदेखि शुरू भएको हो। प्रतियोगितामा देशका ७ वटै प्रदेशका टोलीको सहभागीता रहेको छ।

नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानवीरंगना स्वं श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो। सन् २०२४ मा युएईमा हुन गईरहेको एसिया कप छनोट र सन २०२५ मा मलेसिया र थाइल्यान्डमा हुने विश्वकप लाई समेत मध्यनजर गर्दै खेलाडीको प्रतिभा मूल्याङ्कनमा समेत यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने नेपाल क्रिकेट संघले विश्वास लिएको छ।

Leave A Reply

Your email address will not be published.