शिवनाथ -५ मा वडा स्तरीय रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

बैतडी– बैतडीको शिवनाथ गाउँपालिका वडा न -५ मा दोस्रो वडा स्तरीय रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ ।शिवपुर्ण आधारभूत विद्यालय लामाखालीको खेल मैदानमा चलेको प्रतियोगितामा शनिबार सम्पन्न भएको हो ।

विभिन्न ११ विधामा खेलहरू सञ्चालन गरिएकोमा ८ स्वर्ण २ रजत ५ कास्य पदक सहित प्राप्त गरेर उदय मावि कफाडी प्रथम, शिवपुर्ण मा.वि ४ स्वर्ण ७ रजत १ कास्य पदक सहित प्राप्त गरेर द्वितीय र कैलपाल आ.वि खकलाई ले २ स्वर्ण ४ रजत २कास्यपदक प्राप्त गर्दै तृतीय स्थान हासिल गर्न सफल भएका छन।

स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि दोस्रो वडा स्तरीय रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको वडा न ५ का अध्यक्ष केशव बहादुर चन्दले बताए।
उनले भने,हामीले वडा भित्रका आधारभुत तहमा अध्ययनरत विद्यार्थीहकोे प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन गरेका हौं।

वडा स्तरीय दोस्रो रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमको समापन गर्दै, प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरे ।
समापन कार्यक्रमका प्रमुख अतिथि शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदले सहभागी सम्पूर्ण विद्यालय तथा खेलाडीहरूलाई धन्यवाद दिनुभएको थियो।यही माघ १२ गतेदेखि १३ गते सम्म सञ्चालन भएको प्रतियोगितामा वडा स्थित ६ वटा विद्यालयको सहभागिता रहेको थियो।

 

Leave A Reply

Your email address will not be published.