बैतडी । चर्चित लोक तथा देउडा गायक गोपाल दयाललको आवाजमा नयाँ देउडा गित “धोका पाया” सार्वजनीक भएको छ। गायक दयालको आफ्नै युटूव च्यानलबाट गित भिडियो सहित सार्वजनीक भएको हो।
गितमा गायक दयाललाई कपुर पन्तले स्वरमा साथ दिनुभएको छ। शेरी औजीको लय रहेको गितलाई गायक दयालले स्वयम आफै रेकर्ड र शब्द तयार गरेका हुन। नारायण दंगालले एरेन्ज, मिक्स/ मास्टर मनोज परियार रहेको गित म्यूजीक प्लस रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको गायक दयालले बताए।
गितको भिडियोमा प्रकाश नायक सगै आरती बुढा र कञ्चन कार्कीले सुन्दर अभिनय गरेका छन। मिलन श्रोष्ठले निर्देशन गरेको भिडियोलाई रोशन धितालले एडिट गरेका हुन।
गित माया प्रेममा आधारीत रहेको छ। गितलाई माया गरिदिन र आवश्यक सल्लाह सुझाव दिन गायक दयालले आग्रह गरेका छन।