पञ्चेश्वर स्वास्थ्य चौकीले खोप लगाउन छुटेका बालबालिका खोजेर ल्याउनेलाई पुरूस्कार दिने

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका १ स्थित पञ्चेश्वर स्वास्थ्य चौकिले महिला स्वास्थ्य स्वयंमसेबिका र कर्मचारीहरुलाई पुरुस्कार दिने भएको छ। पूर्ण वा आंशिक खोप लगाउनु छुटेका बालबालिहरुलाई खोजेर ल्याउने महिला स्वास्थ्य स्वयंसेवीका र कर्मचारीहरुलाई पुरुस्कार दिने निणर्य गरेको स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले जानकारी दिनुुभयो।

स्वास्थ्य चौकीमा कामकाज गर्दै आउनु भएका १५ जना महिला स्वास्थ्य स्वयंसेवीका र कर्मचारीहरुलाई सो काम गरे बाफत पुरुस्कार दिने निणर्य गरेको जनाईएको छ। आफ्नो क्षेत्राधिकारभित्र रहेका टोलहरुमा र अन्य ठाउँबाट आएका बालबालिहरुलाई पूर्ण वा आंशिक खोप लगाउनु छुटेको अवस्थामा स्वास्थ्य चौकीमा ल्याउन पर्ने भनिएको छ।

खोप लगाउनु छुटेका बालबालिहरुलाई स्वास्थ्य चौकीको नियमित खोप कार्यक्रममा समाबेश गराउन पर्ने जनाईएको छ। सो काम गरेबाफत महिला स्वास्थ्य स्वयंसेवीकालाई एक हजार रुपैया र स्वास्थ्यकर्मीलाई चारसय रुपैया पुरुस्कार दिने स्वास्थ्य चौकी इन्चार्ज सार्कीले बताउनुभयो।

खोप समन्वय समितिको बैठकबाट पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गर्ने निर्णय पनि गरिएको छ। घरधुरी सर्वेक्षण गरी खोप लगाउन छुटेकाहरुलाई खोप प्रदान गरिने बताइएको छ।

यसैगरी स्वास्थ्य चौकीमा कार्यरत उत्कृष्ट २ जना कर्मचारीहरुलाई सम्मान गरिएको छ। ३० वटा सूचकको आधारमा अहेव भास्कर तिवारी र अनमी निर्मला लावडलाई सम्मान गरिएको हो।

गाउँपालिका उपाध्यक्ष बिना भट्ट सहित स्वास्थ्य साखाका कर्मचारी, वडाका जनप्रतिनिधि, स्वास्थ्य स्वयमसेविका लगायतको उपस्थितिमा स्वास्थ्य चौकीमा कार्यरत दुई जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको हो।

 

Leave A Reply

Your email address will not be published.