बैतडी । भरतपुर माध्यमिक बिद्यालयले ४७ औँ बार्षिकोत्सव कार्यक्रम मनाएको छ। मेलौली नगरपालिका–०७ गाउँकोटमा रहेको सो विद्यालयको मंगलबार ४७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राज बहादुर चन्दको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा मेलौली नगरपालिकाका नगर उप–प्रमुख पार्वती बोहरा बिष्टको प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा मेलौली नगरपालिका–०७ का वडा अध्यक्ष रामचन्द्र भट्ट र वडा नः ०९ का वडा अध्यक्ष लोक राज भट्ट बिशिष्ट अतिथि रहनु भएको थियो।
कार्यक्रममा बिद्यालयले बर्षभरी गरेका गरेका कामकाजहरुको बारेमा समिक्षा गरिएको थियो। बिद्यालयका प्रधानाध्यापक केशब दत्त ओझाले ८९ लाँख ३० हजार ४३८ रुपैया बराबरको प्रतिबेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा खेलकुद तथा शैक्षिक प्रतियोगिता र कक्षामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।
कार्यक्रममा बोल्दै मेलौली नगरपालिका नगर उप–प्रमुख बिष्टले बिद्यालयको सम्रग विकासका लागि नगरपालिकाबाट हुने हरेक किसिमको सहयोग गर्ने बताए। यसैगरी मेलौली नगरपालिका–०७ का वडा अध्यक्ष भट्टले बिद्यालयको गेट निमार्ण गर्ने र मेलौली नगरपालिका–०९ का वडा अध्यक्ष भट्टले बिद्यालयलाई वाईफाई उपलब्ध गराउनका लागि पहल गर्ने बताएका थिए।
कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, शिक्षकहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बिभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए।
साथै कार्यक्रमलाई सामुदायिक रेडियो मेलौलीबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो।