प्रितिपुर माबिको ६३ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी । प्रितिपुर माबिको ६३ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। मंगलबार एक कार्यक्रमका बिच मेलौली नगरपालिका–०३ बागोठलेक स्थित प्रितिपुर माध्यमिक बिद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन राम लुहारको अध्यक्षता र मेलौली नगरपालिकाका नगर–प्रमुख भीम बहादुर चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको बिद्यालयले जनाएको छ। कार्यक्रमका बिशिष्ठ अतिथि मेलौली नगरपालिका–०३ का वडा सदस्य–कृष्ण सिंह ठगुन्ना र माया भाट रहेका थिए।

कार्यक्रममा बिद्यालयले बर्षभरी गरेका कामकाजहरुको बारेमा समिक्षा गरिएको थियो। बिद्यालयका प्रधानाध्यापक वीर बहादुर चन्दले १ करोड ९ लाख ५५ हजार २७६ रुपैयाँ बरावरको आयव्यय प्रस्तुत गरेका थिए।

कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, शिक्षकहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बिभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए।

Leave A Reply

Your email address will not be published.