बैतडी: जिल्लास्तरीय रनिङ्ग शिल्डका लागि मेलौलीमा बन्द प्रशिक्षण जारी

बैतडी । १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि मेलौलीमा बन्द प्रशिक्षण जारी छ। माघ २६ देखि मेलौलीमा शुरु हुने जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागी मेलौलीमा बन्द प्रशिक्षण शुरु भएको हो।

May be an image of 9 people, people playing voleyball, people playing soccer and text

पालिकास्तरबाट छनौट भएका खेलाडीका लागि बन्द प्रशिक्षण सञ्चालन गरिएको मेलौली नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर भण्डारी (सागर)ले बताउनुभयो। बन्द प्रशिक्षण माघ २३ गतेसम्म जारी रहने उनले बताए।

May be an image of 12 people, people playing football, people playing voleyball and beach

प्रतियोगितामा छात्र छात्रा अन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स र कराते हुने जनाईएको छ। भलिबलको प्रशिक्षणमा नगर खेलकुद विकास समितिका अध्यक्ष भण्डारी आफै खटिएका छन। एथलेटिक्समा खेमराज भट्ट, किशोर सिह नायक र कबड्डीबडिको प्रशिक्षण रुपा महताले दिईरहनु भएको जनाईएको छ।

May be an image of 8 people

प्रतियोगिता यहि माघ २६ गतेदेखी २८ गतेसम्म मेलौली भगवती मन्दिरको प्राङ्गणमा सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारीले जानकारी दिएका छन। १० स्थानीय तहका ८०० बढी खेलाडी र प्रशिक्षक सहभागी हुने उनले बताए।

May be an image of 12 people, people playing voleyball, beach and text

यसैगरी प्रतियोगितामा एक खेलाडीले एक मात्रै खेलमा सहभागी हुन पाउने भएको छ। नियम विपरित कुनै खेलाडि दोहरीएको पाईएमा मेडल खोसिने सुचना मार्फत जानकारी गरिएको छ। यसैगरी अन्तराष्ट्रिय स्तरको प्रतियोगितमा सहभागि भईसकेको र छात्र खेलाडिको तौल ७० केजि र छात्राको तौल ६५ केजीभन्दा बढि भएका खेलाडिलाई सहभागि नगराईने समेत जनाईएको छ।

May be an image of 16 people, frisbee and clarinet

प्रतियोगितामा सहभागि हुने खेलाडि १८ बर्षभन्दा मुनिको र कक्षा १२ सम्म नियमित अध्ययन गरेको हुनुपर्ने जनाईएको छ।

May be an image of 11 people and crowd

जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गत बर्ष पाटनमा सञ्चालन भएको थियो। पाटनमा सम्पन्न १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो।

May be an image of 16 people, people playing football, people playing soccer and people playing voleyball

मेलौली १३ स्वर्ण, ६ रजत र ५ कास्यसहित पहिलो भएको थियो। ७ स्वर्ण, ६ रजत र ८ कास्यपदक सहित पाटन नगरपालिका दोस्रो र ५ स्वर्ण, ४ रजत र ३ कास्यसहित डिलाशैनी गाउँपालिका तेस्रो भएको थियो।

No description available.

No description available.

No description available.

Leave A Reply

Your email address will not be published.