बैतडी । पञ्चेश्वर गाउँपालिका वडा ५ स्थित नागार्चन माध्यमिक विद्यालय रन्तोलीले ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भण्डारीको अध्यक्षता तथा पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष विना भट्टको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो।

यस्तै पञ्चेश्वर गाउँपालिका शिक्षा शाखाका प्रास यतिश तिवारी, वडा न ५ का वडा अध्यक्ष नरेश चन्द, वडा न ३ का वडा अध्यक्ष मीन ब चन्द तथा नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेम भट्ट विशिष्ट अतिथी रहेका थिए। विद्यालयले वर्षभरिमा गरेका साँस्कृतिक कार्यक्रम तथा खेलकुद समारोह लगायत विविध प्रयोगात्मक कार्यक्रम सम्पन्न गरेपछिको एक महत्वपूर्ण कार्यक्रमको रूपमा यस समारोह आयोजना गरेको विद्यालयका प्रधानाध्यापक गणेश सिंह भण्डारीले जानकारी दिए।

कार्यक्रममा उत्कृष्ट लामो समय देखी अध्यापन गराउँदै आउनु भएका शिक्षक अर्जुन सिंह रावल, उत्कृष्ट विद्यार्थी, लाई समेत सम्मान गरिएको थियो।

विभिन्न समाजसेवी व्यक्तित्व हरुको उपस्थिति रहेको सो कार्यक्रममा विद्यार्थीहरूले आफ्ना विभिन्न प्रतिभाहरू प्रदर्शन गर्नुका साथै विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
