बैतडी :  बर्षातको समयमा विद्युतका पोलहरू नछुन आग्रह

बैतडी । बर्षातको समयमा विद्युतका पोलहरू नछुन आग्रह गरिएको छ। नेपाल विधुत प्राधिकरण बैतडी वितरण केन्द्रले बर्षातको समयमा विद्युतका पोलहरू नछुन आग्रह गरेको छ।

लामो समयपछिको बर्षादका कारण जिल्लाका बिभिन्न स्थानका पोलको पिन ईन्सुलेटर तथा डिस्क ईन्सुलेटर फुट्ने, पोलहरु ढल्ने र पोल तथा पोल नजिकको एरियामा विद्युत प्रभाह हुनसक्ने भएकाले विद्युतका पोलहरू नछुन आग्रह गरिएको हो। बर्षातको समयमा विद्युतका पोलहरुमा बिद्युत प्रभाह अत्याधिक हुनेहुदा पोल तथा तारहरुलाई कुनैपनी अबस्थामा नछोईदिनुहुन अनुरोध गरिएको छ।

ईन्सुलेटरहरु फुटेको, तार लत्रियको र पोलस्टे कोल्टियको तथा ठूलो आवाज गरि पडकियको सुनेमा/देखेमा खबर गर्न विद्युत वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले आग्रह गरे। बैतडीसहित सुदूरपश्चिममा लामो समयपछि हिउँदे बर्षा भएको छ। बुधबार रातिदेखि हिउँदे बर्षा भएको हो। गएको असोजदेखि बर्षा नहुँदा बालीनाली हुर्कन निकै समस्या भएको थियो। सिँचाइ सुविधा नभएका ठाउँमा गहुँबाली लगायतका हिउँदेबालीहरु सुकेका थिए।

 

No description available.

Leave A Reply

Your email address will not be published.