लडेर घाईते भएकी शिवनाथकी तोलादेवीको उपचारका क्रममा मृत्यु

बैतडीमा भिरबाट लडेर गम्भिर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका-२ शर्मालीकी ३८ बर्षीया तोलादेवी महताको उपचारका क्रममा मृत्यु भएको हो। शुक्रबार घरबाट धनकोट भन्ने स्थानतर्फ जाँदै गरेकी महता लडेर घाइते भएकी थिइन्।

महताको उपचारको क्रममा निशगृ अस्पताल कैलालीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। उनको टाउकोमा गम्भिर चोट लागेको थियो।

स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल हुँदै निसर्ग अस्पताल धनगढी पुर्याइएको थियो। महताको शनिबार राति १२ बजेतिर उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

Leave A Reply

Your email address will not be published.