मेलौली न्यूज
मंसिर २० सोमबार,२०७८
बैतडी–बैतडीमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सोमबार साझ ५ बजेतिर पाटन नगरपालिका १ सकार थलीमा जिप दुर्घटना भएको हो।
पाटनबाट सकार तर्फ गइरहेको से १ ज ८८८ नंम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट एक जनाको मृत्यु र सात जना घाईते भएका छन।
जिप सडक बाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चलक फरार छन । दुर्घटनाको कारण खुल्न सकेको छैन ।