बैतडी : भोलीबाट मेलौलीमा हुन गईरहेको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ। प्रतियोगिताको भोली बिहान ११ बजे उद्घाटन हुने कार्यक्रम रहेको छ। प्रतियोगिताको उद्घाटन पुर्वमन्त्री तथा संघीय सांसद दामोदर भण्डारीले गर्नुहुने जिल्ला खेलकुद समितिका अध्यक्ष चमन कुमार भण्डारीले बताए।
खेलहरु भने बिहान ८ बजेबाट सञ्चालन हुने जनाईएको छ। भोलीबाट २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको अवधीभर मदिरा बिक्री वितरण गर्न नपाईने भएको छ। आज नगरपालिको एक सुचना जारी गर्दै सो कुरा जानकारी गराएको हो।
मेलौली ७ को मर्छले बजारदेखी मेलौली २ को सलेना बजारसम्म माघ २९ गतेसम्म मदिरा बिक्री वितरण गर्न नपाईने प्रमुख प्रशासकिय अधिकृत महेन्द्र सिंह रावलले बताए।
नगरपालिकाको सुचना नमानि मदिरा बिक्रि बितरण तथा सेवन गरेको पाईएमा प्रचलित कानुन बमोजिक कारबाहि गरिने जनाईएको छ। १० स्थानीय तहका ८०० बढी खेलाडी र प्रशिक्षक सहभागी हुने प्रतियोगिताको लागि खेलकुद प्राङ्गणमा आवश्यक तयारी पुरा भएको छ। खेलमैदान सजावटदेखी लिएर मञ्च निर्माणको काम सम्पन्न भएको जनाईएको छ।
बास बस्नको लागि सबै पालिकाका खेलाडी लगायत प्रतिनिधिहरुलाई छुट्टाछुट्टै होटलको व्यवस्था मिलाईएको नगर प्रमुख भिम बहादुर चन्दले बताए। खानेपानीको समस्या रहेको मेलौलीमा नगरपालिकाले आवश्यकता अनुसार ट्याकंरबाट समेत पानी ओसारेर समस्या सामाधान गरिने उनले बताए।
मेलौलीमा जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता हुने भएपछि नगर उपप्रमुख पार्वती बोहरा बिष्टको संयोजकत्वमा बजारको अनुगमन गरिएको थियो। मेलौली बजार क्षेत्रमा रहेका सबै होटलहरुको बस्तुस्थिति बुझिएको र सबै पाहुनाहरुको बसाई व्यवस्थापनमा कुनै समस्या नहुने उपप्रमुख पार्वती बोहरा बिष्टले बताइन्।
प्रतियोगिताको लागि आवश्यक स्वयमसेवक परिचालन, आवश्यक पुर्वाधार लगायतका सबै विषयमा जिममेवार ढंगले लागि परेको मेलौली नगर खेलकुद समितिका अध्यक्ष सागर भण्डारीले बताए।