बैतडी : भोलीबाट मेलौलीमा हुन गईरहेको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको टाइसिट सार्वजनीक गरिएको छ। मेलौली भगवती मन्दिरको प्राङ्गणमा सञ्चालन हुने प्रतियोगिताको टाइसिट सार्वजनीक गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष चमन कुमार भण्डारीले बताए।




प्रतियोगिताको भोली बिहान ११ बजे उद्घाटन हुने कार्यक्रम रहेको छ। प्रतियोगिताको उद्घाटन पुर्वमन्त्री तथा संघीय सांसद दामोदर भण्डारीले गर्नुहुने जिल्ला खेलकुद समितिका अध्यक्ष चमन कुमार भण्डारीले बताए।
खेलहरु भने बिहान ८ बजेबाट सञ्चालन हुने जनाईएको छ। प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुने छ।