जिल्लास्तरीय रनिङ शिल्ड: ३ हजार मिटर छात्र दौडमा मेलौली प्रथम

बैतडी : आजबाट मेलौलीमा सञ्चालन भएको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ३ हजार मिटर छात्र दौडमा मेलौली नगरपालिका प्रथम भएको छ। मेलौलीका शुरेश बिष्टले ३ हजार मिटर छात्र दौडमा प्रथम स्थान हासिल गरेका हुन।

यसैगरी दशरथचन्द नगरपालिकाका दिपेश जोशी द्धित्तीय भएका छन। पाटन नगरपालिकाका ललित भट्टराई तृतीय र सुर्नया गाउँपालिकाका दिपक जाग्री चौथो स्थान आएका छन।

प्रतियोगिता मेलौली भगवती मन्दिरको प्राङ्गणमा सञ्चालन भईरहेको छ। खेलहरु बिहान ८ बजेबाट शुरु भईसकेका छन।

Leave A Reply

Your email address will not be published.