जिल्लास्तरीय रनिङ शिल्ड: सटपुट अन्तर्गत छात्र तर्फ मेलौली प्रथम, छात्रा तर्फ पाटन

बैतडी: आजबाट मेलौलीमा सञ्चालन भएको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सटपुट अन्तर्गत छात्र तर्फ मेलौली नगरपालिका प्रथम भएको छ। मेलौली प्रथम भएको छ। यसैगरी शिबनाथ द्धित्तीय र फेरी मेलौली नगरपालिका तृतीय भएको छ।

एक पालिकाबाट दुई खेलाडि सहभागि भएकाले मेलौली प्रथम र तृतीय भएको हो। यसैगरी छात्रा तर्फ पाटन नगरपालिका प्रथम भएको छ। मेलौली नगरपालिका द्धितीय र सुर्नया गाउपालिका तृतीय भएको जनाईएको छ।

प्रतियोगिता मेलौली भगवती मन्दिरको प्राङ्गणमा सञ्चालन भईरहेको छ। खेलहरु बिहान ८ बजेबाट शुरु भईसकेका छन।

Leave A Reply

Your email address will not be published.