रायपुर आधारभुत बिद्यालयको ३० औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी : रायपुर आधारभुत बिद्यालयले ३० औँ बार्षिकोत्सव कार्यक्रम मनाएको छ। पञ्चेश्वर गाउँपालिका–०४ निङ्लाडमा रहेको सो विद्यालयको शनिबार ३० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चक्र बहादुर चन्दको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा पञ्चेश्वर गाउँपालिका ०४ का वडा अध्यक्ष जनक बहादुर चन्द प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा पञ्चेश्वर गाउँपालिकाका –०४ का वडा सदस्य मनीदत्त भट्ट, पञ्चेश्वर गाउँपालिकाका कार्यपालिका सदस्य मोहन राम वड, कुलाउ माबिका शिक्षक परमानन्द भट्ट जबलपुर माबिका शिक्षक पदम चन्द बिशिष्ट अतिथि रहनु भएको थियो।

कार्यक्रममा बिद्यालयले बर्षभरी गरेका गरेका कामकाजहरुको बारेमा समिक्षा गरिएको थियो। बिद्यालयका प्रधानाध्यापक भरत बहादुर चन्द ले ३९ लाँख ३२ हजार ५३१ रुपैया बराबरको प्रतिबेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा खेलकुद तथा शैक्षिक प्रतियोगिता र कक्षामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडा अध्यक्ष जनक चन् ले बिद्यालयको सम्रग विकासका लागि वडाबाट हुने हरेक किसिमको सहयोग गर्ने बताए। कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, शिक्षकहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बिभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएका केदार आधारभुत बिद्यालयका शिक्षक बिरेन्द्र भट्टले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.