दुई किलो चरेशसहित बैतडीमा एकजना पक्राउ

बैतडी : चरेससहित बैतडीमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको बित्थडचीर गाउँपालिका–५ का ६४ वर्षीय धौले महर रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो।

महरलाई बैतडीको सिगास गाउँपालिका–९ श्रीभावरस्थित खोड्पे–बझाङ सडकखण्डबाट २ किलो चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सुराकीको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट ढोल्यामोडबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले महरलाई झोलामा लुकाएर राखेको अवस्थामा चरेशसहित पक्राउ गरिएको हो।

पक्राउ परेका महरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाटनले जनाएको छ।

Leave A Reply

Your email address will not be published.