बैतडीमा सुन चोरेर फरार दम्पती कारागार चलान

बैतडी : सुन चोरी मुद्दामा फरार रहेकी बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ५ की २२ बर्षीया लक्ष्मी नाथ योगी रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो।

डिलाशैनी ५ कै जयानन्द नाथको घरबाट ५ तोला सुन चोरेको आरोपमा पक्राउ परेकी नाथलाई गएको मंसिर १२ गते जिल्ला अदालतले ४ महिना ८ दिन कैद सजाय र १० हजार रुपैयाँ जरीवाना तोकेको थियो। सोही दिनदेखि फरार रहेकी लक्ष्मीलाई घरबाटै पक्राउ गरि कारागार चलान गरिएको केसीले बताउनुभयो।

सोही मुद्दामा उनका श्रीमान समेत कारागारमै रहेका श्रोतले बताएको छ। स्थानीयको घरबाट सुन चोरेको आरोपमा गत साउनमा लक्ष्मी नाथ र उनका श्रीमान गोपाल नाथलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो।

Leave A Reply

Your email address will not be published.