कुलाउ माविले गर्यो २ करोड ४२ लाँख ५९ हजार बरावरको कारोवार

बैतडी : कुलाउ माध्यमिक बिद्यालयले एक बर्षभरीमा गरेको आर्थीक कारोबार सार्वजनीक गरेको छ। पञ्चेश्वर गाउँपालिका-०३ कुलाउमा रहेको सो बिद्यालयले ७७ औँ बार्षिकोत्सब तथा अभिभावक दिवसको अवशरमा आर्थिक कारोबार सार्वजनीक गरेको हो।

बिद्यालयका प्रधानाध्यापक मोति सिह मंगोलाले बिद्यालयको बार्षीक प्रतिबेदन प्रस्तुत गर्दै आर्थीक बर्ष २०७९/०८० को आर्थिक कारोबार सार्वजनीक गरेको हुन। बिद्यालयको कुल आय २ करोड ४२ लाँख ५९ हजार ८७ रुपैया रहेको जानकारी गराएका हुन। यसैगरी बिद्यालयको कुल खर्च २ करोड ३० लाँख २८ हजार २९ रुपैया रहेको समेत बताएका हुन।

बिद्यालयको मौज्दात रकम नविल बैंकमा ८ लाँख ९१ हजार ५३७ रुपैया र राष्ट्रिय बाणिज्य बैंकमा ३ लाँख ३९ हजार ५२१ रुपैया रहेको जनाएका छन।

Leave A Reply

Your email address will not be published.