बैतडी : कुलाउ माध्यमिक बिद्यालयले ७७ औँ बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ। पञ्चेश्वर गाउँपालिका-०३ कुलाउमा रहेको सो बिद्यालयले बुधबार ७७ औँ बार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको हो।
कार्यक्रम बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष कालु चनको अध्यक्षता र पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको बिद्यालयले जनाएको छ। यसैगरी गाउँपालिका उपाध्यक्ष बिना भट्ट र नेकपा माओबादीका जिल्ला सविच रमेश बहादुर चन्द बिशिष्ट अतिथी रहनु भएको बिद्यालयले जनाएको छ।
बिद्यालयका प्रधानाध्यापक मोति सिह मंगोलाले बिद्यालयको बार्षीक प्रतिबेदन प्रस्तुत गर्दै आर्थीक बर्ष २०७९/०८० को आर्थिक कारोबार सार्वजनीक गरेको हुन। बिद्यालयको कुल आय २ करोड ४२ लाँख ५९ हजार ८७ रुपैया रहेको जानकारी गराएका हुन। यसैगरी बिद्यालयको कुल खर्च २ करोड ३० लाँख २८ हजार २९ रुपैया रहेको समेत बताएका हुन।
बिद्यालयको मौज्दात रकम नविल बैंकमा ८ लाँख ९१ हजार ५३७ रुपैया र राष्ट्रिय बाणिज्य बैंकमा ३ लाँख ३९ हजार ५२१ रुपैया रहेको जनाएका छन।
कार्यक्रममा गाउपालिकाका वडाअध्यक्षहरु, बिभिन्न राजनितिक दल प्रमुख एवं प्रतिनिधि, बिभिन्न बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बिभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए।
साथै कार्यक्रमलाई सामुदायिक रेडियो मेलौलीबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो।