बैतडी : मेलौली नगरपालिका–०६ मा रहेको आमोद ईङ्गलिस बोर्डिङ स्कुलको १६ औँ बार्सिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। बुधबार एक कार्यक्रमका बिच १६ औ बार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको हो।
बोर्डिङ स्कुलका संस्थापक लोकराज भट्टको अध्यक्षता र मेलौली नगरपालिका कार्यपालिका सदस्य शुरेश परियारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको स्कुलले जनाएको छ। यसैगरी मेलौली नगरपालिका–०६ का वडा अध्यक्ष तारा दत्त भट्ट, केशरपुर प्राथमीक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्षक मुकेशकान्त दयाल, स्वास्थ्यकर्मीहरु दिपक बिष्ट, नवराज नयाक, मेलौली ५ का वडा सदस्य प्रेम बहादुर चन्द, धर्मघर माबिका शिक्षक मुकेश तिर्वा र ब्यापारी बिरेन्द्र भट्ट बिशिष्ट अतिथि रहनु भएको स्कुलका प्रिन्सीपल बिजय पोखरेलले बताए।
हाल आमोद ईङ्गलिस बोर्डिङ स्कुलमा ७ जना शिक्षक, १ जना कार्यालय सहयोगि रहेका छन भने ७२ जना बिद्यार्थी अध्ययन गरिरहेका छन। कार्यक्रममा बोर्डिङ स्कुलको कामकाजको बारेमा समिक्षा गरिएको थियो।
कार्यक्रममा बिभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सगं लोक तथा देउडा गायक जेआर भट्ट लगायतका कलाकाहरुको प्रस्तुती रहेको थियो।