मेलौलीमा नाजुक अवस्थाका ब्यक्तिलाई कपडा बैंकको कोसेली

बैतडी : मेलौली नगरपालिका–०६ का नाजुक अवस्थाका ब्यक्तिहरुलाई कपडा बैंकले न्यानो लुगा वितरण गरेको छ। सरस्वती पुजाको अवशरमा न्यानो लुगा वितरण गरिएको हो।

मेलौली नगरपालिका–०६ का २५ जनालाई न्यानो लुगा, ६ जनालाइ कम्बल, ८ जनालाइ स्विटर, टोपी, सल, ज्याकेट र ट्राउजर सहयोग गरिएको कपडा बैंक बैतडीका संयोजक महेशदत्त भट्टले बताए। एकसरो लुगा समेत किन्ने अवस्था नभएका नागरिकहको लागि कपडा बैंकले सहयोग गरेको उनले बताए।

कपडा बैंकद्धारा न्यानो लुगा सहयोग भएपछि केही राहत भएको छ। समस्यामा परेका यस्ता नागरिकहरुको व्यवस्थापनमा स्थानीय सरकारको ध्यान जानु आवश्यक रहेको कपडा बैंकका संयोजक भट्टले बताए।

माघ १ गतेदेखि सञ्चालनमा आएको कपडा बैंकले चिसोबाट बच्नको लागि आर्थीक अवस्था कमजोर भएका व्यक्तिहरुलाई सहयोग गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.