हिरापुर मावि बसेडिभ्वाको ६१ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न

बैतडी : हिरापुर माध्यमिक विद्यालय बसेडिभ्वाले ६१ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ। शिवनाथ गाउँपालिका-०६ स्थित सो बिद्यालयले शुक्रबार ६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको बिद्यालयले जनाएको छ।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष दिपक दयालको अध्यक्षता र मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो। यसैगरी कार्यक्रमका मेलौली ७ वडा अध्यक्ष रामचन्द्र भट्ट, शिबनाथ गाउपालिका–०६ का वडा अध्यक्ष भरत राम पार्की र शिबनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख दिनेश साउद विशिष्ट अतिथी रहनु भएको थियो।

कार्यक्रममा बिद्यालयले बर्षभरी गरेका गरेका काम-काजहरुको बारेमा समिक्षा गरिएको थियो। बिद्यालयका प्रधानाध्यापक जनक बहादुर चन्दले प्रतिबेदन प्रस्तुत गरेका थिए। बिद्यालयको आर्थीक बर्ष २०७९/०८० को कुल आय ७६ लाँख ४५ हजार ६३९ रहेको जानकारी गरिएको थियो। यसैगरी खर्च ७४ लाँख ११ हजार ९९२, मौज्दात १ लाख ९३३ र बैँक मौज्दात २ लाँख ३३ हजार ६४७ रहेको प्रधानाध्यापक चन्दले बताए।

कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, शिक्षकहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बिभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई सामुदायिक रेडियो मेलौलीबाट पनि प्रत्यक्ष प्रशारण गरिएको थियो।

Leave A Reply

Your email address will not be published.