बैतडी : मेलौली सामुदायिक सिकाई केन्द्रको १८ औँ साधारण सभा सम्पन्न भएको छ। सोमबार मणिलेक माबिको प्राङ्गणमा १८ औँ साधारण सभा सम्पन्न भएको हो।
मेलौली सामुदायिक सिकाई केन्द्रका कार्यबहाक अध्यक्ष बिजय पोखरेलको सभाध्यक्षता र मेलौली नगरपालिका–०४ का वडा अध्यक्ष हर्क बहादुर चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको जनाईएको छ। यसैगरी साधारण सभामा सिकाई केन्द्रका संस्थापक अध्यक्ष शुक्र बहादुर चन्द, मेलौली-९ का वडा अध्यक्ष लोकराज भट्ट, मेलौली नगरपालिका कार्यपालिका सदस्य सुरेश परियार, पार्वती भट्ट, मेलौली-९ का वडा सदस्य चेतराम नेपालि, बिशालपुर सिकाई केन्द्रका अध्यक्ष पदम राज बिशिष्ट अतिथि रहनु भएको थियो।

कार्यक्रममा सिकाई केन्द्रको बार्षिक प्रतिबेदन प्रस्तुत गरिएको थियो। केन्द्रकि समाजिक परिचालक मधु भट्टले ७ लाँख ५३ हजार रुपैया बरावरको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।
साधारण सभामा सिकाई केन्द्रका गतिबिधिहरु र कार्यको बारेमा गहिरो समिक्षा गरिएको थियो। सिकाई केन्द्रले नागरिकहरुलाई हरेक कुराहरु सिकाउने र आत्मनिर्भर बनाउनमा पनि महत्वपूर्ण भुमिका खेल्ने गरेको मेलौली ९ का वडा अध्यक्ष लोकराज भट्टको भनाई रहेको थियो। मेलौलीमा दलित समुदायका महिलाहरुको क्षमता अभिवृद्धि गर्ने, समाजिक कार्यमा सहभागिता बढाउने, दलित महिलाहरुलाई व्यावसायिक बनाउने, अवस्था सुधार गर्ने, रोजगारी सिर्जना गर्ने र दलित महिलाहरु पनि धेरै कुरा गर्न सक्छन भन्ने अवधारण सिकाई केन्द्रले लिएको उनले बताए।

यसैगरी कार्यक्रममा बोल्दै सिकाई केन्द्रका कार्यबहाक अध्यक्ष पोखरेलले सिकाई केन्द्रलाई अझ प्रभावकारी बनाउनमा सबैले हातेमाले गर्नुपर्ने बताए। दलित महिलाहरुको लागि मेलौलीमा सहकारी स्थापना हुने समेत उनले बताए। अहिले मेलौली नगरपालिकाले दलित ऐन बनाई सकेको र यसले गर्दा सिकाई केन्द्र मार्फत दलितहरुको हक हितमा काम गर्न सहज हुने उनले बताए।
मेलौली नगरपालिका भरिका सम्पूर्ण वडाहरुमा दलित महिला सिकाई समुह गठन गरिसकिएको छ। कार्यक्रममा बिभिन्न ब्यक्तिहरुले आ–आफ्नो धारण राखेका थिए। सिकाई केन्द्रलाई अगाडी बढाउनु र प्रभावकारी बनाउनमा स्थानीय सरकारले भुमिका खेल्नुपर्नेमा सबैले जोड दिए।