बैतडी-बैतडीको मेलौली नगरपालिका वडा न २ लिखोडा स्थित सुदर्शन मा.वि को ६४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न सोमबार सम्पन्न भएको छ।
कार्यक्रममा मेलौली नगरपालिकाका नगरप्रमुख भीम बहादुर चन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। यस्तै विशिष्ट अतिथीमा मेलौली नगरपालिका वडा न २ का वडा अध्यक्ष कृष्ण दत्त भट्ट, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य ईश्वरी भट्ट (राजिव) रहेका थिए ।
बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा अन्तर सदनात्मक विविध कार्यक्रम सञ्चालन गरेको थियो।

उक्त कार्यक्रममा विद्यालयले अतिरिक्त क्रियाकलापमा बिजेता बिद्यार्थि हरूलाई पुरस्कार वितरण, विद्यालयका प्रधानाध्यापक सुरत बहादुर चन्दले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा सुदर्शन माध्यमिक बिद्यालयलाई नुमना बिद्यालयको रुपमा अगाडी बढाउन शैक्षिक, भौतिक तथा सामाजिक रुपले व्यवस्थित र विश्वसनियताको आधार निर्माण गर्नु पर्ने कुरालाइ वक्ताहरुले जोड दिएका छन।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गगन सिंह भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विद्यालयका शिक्षक दामोदर बोहरा (डिबी)ले गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो।

