बैतडी : प्रजातन्त्र दिवसको अवशरमा पञ्चेश्वर गाउँपालिका–०३ मा रहेको कुलाउ बजारमा सरसफाई गरिएको छ। गाउँपालिका उपाध्यक्ष बिना भट्टको नेतृत्वमा सरसफाई गरिएको हो।
सरसफाई कार्यक्रममा जनप्रतिनिधिहरु, कर्मचारी, प्रहरी र स्थानीयहरु सहभागि भएका थिए। बातावरणलाई स्वच्छ राख्नुपर्छ भन्ने उदेश्यका साथ सरसफाई गरिएको गाउँपालिका उपाध्यक्ष भट्टले जानकारी दिनुभयो।
