महेन्द्रनगर : महाशिवरात्री एवं २६१ औं सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा तीन दिने विविध सैनिक प्रर्दशनी अवलोकन तथा ‘युनिटी रन’ आयोजना गर्दैछ ।
आगामी फागुन २६ देखि २८ गतेसम्म नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीस्थित कवर्डहल खेल मैदानमा आयोजना गर्ने प्रर्दशनीमा सर्वसाधारणहरुलाई सेनाको विविध पक्षबारे जानकारी गराइने आयोजकले जनाएको छ।
सो क्रममा इतिहासदेखि हालसम्मका सेना सम्वन्धी गतिविधी तथा हातहतियार, उपकरण, पोशाक लगायत विविध विषयबस्तु प्रर्दशनमी रहने सेनाले जनाएको छ।
निःशुल्क प्रवेश सुविधा मिलाइएको प्रर्दशनीमा सर्वसाधारण, विद्यार्थी लगायत सबैले अवलोकन गर्ने अपेक्षा गरिएको छ। युनिटी रनमा सहभागी हुनेहरुले यहाँ रहेको सैनिक गण तथा गुल्महरुमा नाम दर्ता गर्ने प्रवन्ध मिलाइएको छ। कञ्चनपुरबाट सहभागी हुने खेलाडी तथा सर्वसाधारणहरुको नाम दर्ता श्रीदल गुल्म भगतपुर ब्यारेकमा गर्न सकिने सेनाले जनाएको छ।
गत बर्ष पनि सेना दिवसका अवसरमा सुदूरपश्चिममा सैनिक प्रर्दशनीका साथै खेलकुद लगायतका कार्यक्रम आयोजना गरेको थियो।