मेलौलीका हरेक वडामा युवा क्लब गठन, नमुना संसद अभ्यास सञ्चालन हुने

बैतडी : मेलौलीका हरेक वडामा युवा क्लब गठन गरिएको छ। मेलौली नगरपालिकाको आयोजना, वडाहरुको समन्वयमा र मेलौली नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको सहजिकरणमा वडा स्तरीय युवा क्लब गठन गरिएको छ।

No description available.

प्रत्येक वडामा १५ जना सदस्य रहने गरि वडा स्तरीय युवा क्लब गठन गरिएकोे कम्प्युटर अपरेटर तथा कार्यक्रम संचालक क्याडेट महेन्द्र सिह नायकले बताए। वडा नः १ मा दर्शन सिह नेगी, वडा नः २ मा धनि भट्ट, वडा नः ३ मा नरिराम पार्की, वडा नः ४ मा सुरज चन्द, वडा नः ५ मा सरिता जोशी, वडा नः ६ मा हरु भट्ट, वडा नः ७ मा भुपेन्द्र भट्ट, वडा नः ८ मा युवराज बिष्ट र वडा नः ९ मा मुकेश भट्ट अध्यक्ष रहने गरि युवा क्लब गठन गरिएको नायकले बताए।

No description available.

युवा बर्गको नेतृत्व तथा क्षमता विकास गरि देशको शासन प्राणाली र सुशासन सम्बन्धमा युवाहरुलाई सु–सूचित गर्ने उदेश्यका साथ क्लबहरु गठन गरिएको हो। युवाहरुका मुद्धामा वहस पैरवी केन्द्रको रुपमा बिकास गर्न र युवाहरुलाई आफ्नो दायित्व र कर्तव्यप्रति जिम्मेवार बनाउन प्रत्येक वडाहरुमा युवा क्लब गठन गरिएकोे जनाईएको छ।

May be an image of 10 people, people smiling and text

वडा स्तरीय गठन गरिएका क्लबहरुबाट नमुना युवा संसदको अभ्यास मार्फत युवाहरु परिचालन गरिने छन। नमुना युवा संसद अभ्यासले युवाको नेतृत्व र व्यक्तित्व क्षमता विकाससँगै सक्षम युवा पुस्ता उत्पादनमा महत्वपूर्ण सहयोग पु¥याउने आशा लिईएको छ।

No description available.

No description available.

Leave A Reply

Your email address will not be published.