मेलौलीमा कपडा सकंलन तथा वितरण केन्द्र सञ्चालन हुदै

बैतडी : मेलौलीमा कपडा सकंलन तथा वितरण केन्द्र (कपडा बैंक) सञ्चालन हुने भएको छ। सोमबार खेमराज भट्टको अध्यक्षतामा समिति गठन गरी कपडा बैँक सञ्चालनको प्रकृया शुरु भएको हो।

गरिव र विपन्न ब्यक्तिको सहयोगका लागि कपडा संकलन तथा वितरण केन्द्र सञ्चालन गर्ने तयारी भईरहेको समितिका अध्यक्ष भट्टले बताए। कपडा बैँकको लागि १५ जनाको समिति गठन भएको उनले बताए।

कपडा संकलन तथा वितरण केन्द्रको लागि गठन भएको समितिले अहिले कार्यालय (कोठा) खोज्ने कार्य गरिरहेको छ। मेलौली नगरपालिका, मेलौली भगवती मन्दिरको धर्मशाला या अन्य सार्वजनीक निकायहरुलाई निःशुल्क कोठा ब्यवस्थापनको लागि आग्रह गरिएको छ।

कपडा बैँकको लागि गठन गरिएको समितिमा खेमराज भट्ट अध्यक्षसगै पदम दयाल उपाध्यक्ष, मुकेशकान्त दायल सचिव, प्रशान्त क्षेत्री स–सचिव, दिपक सिह नायक कोषाध्यक्ष लगायत १५ जनाको समिति गठन गरिएको छ।

No description available.

No description available.

Leave A Reply

Your email address will not be published.