बैतडी: दुवै मृगौला फेल भएका बैतडीका भट्टलाई उपचारमा समस्या भएको छ। जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ तडीगाउँ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ६ मौरीफाटा बस्दै आएका ४४ वर्षिय राजेन्द्र प्रशाद भट्टको आर्थिक अभावले उपचारमा समस्या भएको हो।
स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि उनी करिब तीन महिना पहिले काठमाण्डौँ गएका थिए। काठमाण्डौँ गएर स्वास्थ्य परीक्षण गर्दा उनको दुवै मृगौला फेल भएको रिपोर्ट आएको थियो। उच्च रक्तचापका कारण दुवै मिर्गौला फेल भएर करिब तीन महिना देखि उनी डायलासिस गरेर बाँचिरहेका छन्।
भक्तपुरको धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र भेनश हस्पिटल बानेस्वरमा डायलासिस गरेर बाचिरहेका हुन्। आर्थिक अभावमा अस्पातलको शैयामा छट्पटाइरहेका उनि यतिबेला जीवन र मृत्युको दोसाँधमा छन। दुवै मृगौला फेल भएको रिपोट आएसँगै उनको स्वास्थ्यमा झन समस्या बढ्दै गएको उनका भतिजा दिपक भट्टले बताए।
तीन महिना देखि काठमाण्डौँमा बसेर उपचार भैरहेको र अहिले सम्म ७ लाख बढी खर्च भैसकेको उनले बताए । चिकित्सकले दुईवटै मृगौला फेल भएकाले एउटा मृगौला फेर्नुपर्ने बताएका छन्। श्रीमतीसँग रगत समूह मिलेपनि उनलाई आर्थिक अभावले मृगौला फेर्न समस्या भैरहेको हो ।
मृगौला पीडित भट्टले आर्थिक अवस्था मजबुत नहुँदा आफुलाई निकै ठूलो समस्या भैरहेको भन्दै सबैलाई आर्थिक सहयोग गर्न अनुरोध गरेका छन् । मृगौला प्रत्यारोपणका लागि सहयोग गर्न उनले सबैमा अपिल गरेका हुन् ।
भट्टलाई आर्थिक सहयोग गर्नका लागि1) IME address Name : Rajendra Prasad Bhatt address : Baneswor ktm Nepal citizen No : 5612261 (Kanchanpur Nepal) Esewa ID : 9866100173 बैंक विवरण :- (2) खाता नम्बर : 14807010075387 खाताको नाम : RAJENDRA PRASAD BHATT बैंक : Global Ime Bank (3) खाता नम्बर : 37860770352 IFSC : SBIN 0011411 खाताको नाम : Manisha Bhatt बैंक : State Bank Of India Khatim