जिम्मेश्वर आधारभुत बिद्यालयको ४१ औ बार्षिकोत्सव सम्पन्न

बैतडी : जिम्मेश्वर आधारभुत बिद्यालयको ४१ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। शिबनाथ गाउँपालिका-०६ मा रहेको सो बिद्यालयले शुक्रबार एक कार्यक्रमका बिच ४१ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष खडक सिह धनाडीको सभाध्यक्षता र शिबनाथ गाउँपालिका–०६ का वडा अध्यक्ष भरत राम पार्कीको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा शिबनाथ गाउँपालिका–०५ का वडा केशब चन्द, शिबनाथ गाउँपालिका कार्यपालिका सदस्य राजेन्द्र दयाल र शिबनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख दिनेश साउद बिशिष्ट अतिथि रहनु भएको थियो।

कार्यक्रममा बिद्यालयले बर्षभरी गरेका कार्यहरुको बारेमा समिक्षा गरिएको थियो। बिद्यालयका प्रधानाध्यापक अर्जुन सिह धनाडीले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए। बिद्यालयको कुल आय ७७ लाँख ३२ हजार ८२९ रुपैया रहेको उनले बताए। यसैगरी बिद्यालयको कुल ब्यय ६९ लाँख ४६ हजार ५२२ र मौज्दात ७ लाँख हजार ४१ हजार ४३ रुपैया रहेको जानकारी गरिएको छ।

कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न सास्कृति प्रस्तुत प्रस्तुत गरेका थिए। साथै कार्यक्रमलाई सामुदायिक रेडियो मेलौलीबाट प्रत्यक्ष प्रशासण गरिएको थियो।

Leave A Reply

Your email address will not be published.