बैतडीमा शनिबार ११ घण्टा विद्युत अवरुद्ध हुने 

बैतडीमा भोलि शनिबार ११ घण्टा विद्युत अवरुद्ध हुने भएकाे छ।  नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले  एक सूचना जारी गरेर शनिबार  विहान ७ बजे देखि बेलुका ६ बजे  सम्म विद्युत सेवा अवरुद्ध हुने  जनाएको हो।

जिल्लाको केहि क्षेत्रहरुमा ११ केभि प्रशारण लाइनको मर्मत तथा रुखमा लागेका हाङ्गविङ्गाहरु  काट्नु पर्ने  भएकाले  विद्युत सेवा अवरुद्ध  हुने  जनाइएको  छ।  काम समयमै सम्पन्न भए तोकिएको  समय भन्दा अगाडीलनै सेवा सुचारु हुने बैतडी वितरण केन्द्रले  जनाएको  छ।

No description available.

Leave A Reply

Your email address will not be published.